site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राज्य जसरी आउँछ, अब हामी त्यसरी नै आउँछौँ : शिक्षक महासंघ

काठमाडौं । शिक्षक महासंघको आकस्मिक बैठक सकिएको छ । शिक्षक आन्दोलनका क्रममा आइतबार झडप भएपछि महासंघले समीक्षाका निम्ति आकस्मिक बैठक डाकेको थियो ।  

काठमाडौंको रत्नराज्य विद्यालयमा सम्पन्न बैठकमा विगत एक महिनादेखि जारी आन्दोलन र झडपका विषयमा समीक्षा भएको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् ।  

महासंघको आकस्मिक बैठकले शिक्षकहरूमाथि भएको दमनको घोर भर्त्सना गर्ने निर्णय गरेको छ । महासंघले बैठकमा शिक्षकहरूका विभिन्न घटकहरूसँग आगामी कार्यदिशाका विषयमा रायसुझाव लिएको थियो । 

सो क्रममा संघीय शिक्षा ऐन नआएसम्म आन्दोलन जारी राख्न शिक्षक सम्बद्व घटकहरूले सुझाव दिएका थिए । 

आकस्मिक बैठकपछि बाह्रखरीसँग कुरा गर्दै महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन्, “बाहिरबाट ढुंगा हान्न लगाएर राज्यले जबरजस्त लखेट्ने प्रयास भयो । अब राज्य जसरी आउँछ, त्यसरी नै हामी आउछौँ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १९:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro