-1745755362.jpg)
काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना क्रिकेट खेलाडीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घरपरिवारमा इन्टरनेट जडान गर्ने ऐतिहासिक उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरेको हो ।
नयाँ ब्रान्ड एम्बेसडरहरूमा रोहितकुमार पौडेल, सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी, आसिफ शेख, अनिल कुमार साह र ललित राजवंशी रहेका छन् ।
यी खेलाडीले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामा सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।
सम्झौता कार्यक्रम शुक्रबार (अप्रिल २५)मा वर्ल्डलिंकको प्रधान कार्यालय, जावलाखेलमा सम्पन्न भएको हो ।
सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सहसंस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका हुन् ।
नेपालमा पहिलोपटक एउटै कम्पनीले एकै साथ ६ जना ब्रान्ड एम्बेसडर अनुबन्धन गर्ने ऐतिहासिक कार्य गरेको वर्ल्डलिंकले जनाएको छ । यसले कम्पनीको खेलप्रतिको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने बताइएको छ ।
समारोहमा अग्रवालले भने, “यी ६ जना क्रिकेट खेलाडीहरू प्रतिबद्धता, धैर्य, टिमवर्क र अदम्य राष्ट्रिय भावनाका प्रतीक हुन्, जुन गुणहरू वर्ल्डलिंकको दृष्टिकोण र मूल्यसँग पूर्ण रूपमा मेल खान्छ। उनीहरूले लाखौँ नेपालीहरूको सपना र आकांक्षाको प्रतिनिधित्व गर्छन्, र उनीहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौँ ।”
यो सहकार्यले ब्रान्डलाई थप ऊर्जावान् बनाउने र देशका विभिन्न भागमा रहेका समुदायहरूसँग अझ गाढा सम्बन्ध बनाउने कम्पनीको विश्वास छ ।”