site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिक्षक महासंघले भन्यो– आन्दोलनमा घुसपैठ भयो

काठमाडौं । नेपाल शिक्षक महासंघले आफूहरूको आन्दोलनमा सरकारपक्षबाटै घुसपैठ भएको दाबी गरेको छ । घुसपैठकै कारण झडपको स्थिति सिर्जना भएको महासंघको भनाइ छ ।

नेपाल शिक्षक संघ सोलुखुम्बुका अध्यक्ष मदन राईले आफहरूले शान्तिपूर्ण आन्दोलन भाड्न घुसपैठ भएको जिकिर गरे ।

“शान्तिपूर्ण शिक्षक आन्दोलन भाड्नका लागि घुसपैठ भएको छ । घुसपैठ गर्ने दुईजनालाई प्रहरीले लाठी चार्ज गरेपछि उहाँहरूले माफी मागिसक्नुभएको छ,” राईले भने ।

आज बानेश्वर क्षेत्रमा शिक्षक र प्रहरीबीच झडप भएको थियो । झडपमा परेर केही शिक्षक घाइते भएको महासंघले जनाएको छ ।

महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले अहिले स्थिति सामान्य बनिसकेको बताइन् । “अहिले आन्दोलन शान्तिपूर्णरूपमा चलिरहेको छ,” उनले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  १४:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro