site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शान्तिको चाहनाको आधार बुद्धको विचार : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभर नै बुद्धको शान्तिका विचारको महत्त्व बढ्दै गएको बताएका छन् ।

शनिबार (वैशाख १३) लुम्बिनीमा आयोजित चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव उद्घाटन गर्दै उनले संसारभर युद्ध लड्न सक्ने हतियार निर्माण भएको र यसले विश्वशान्तिमा नै चुनौती देखिएको उल्लेख गरे । यस्तो अवस्थामा बुद्धको शान्तिका विचारको महत्त्व बढ्दै गएको उनले बताए ।

विश्वभरका सचेत नागरिकको शान्तिको चाहनाको आधार बुद्धको विचार नै भएको उनले धारणा राखे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले एकै प्रस्तरबाट निर्मित लिटिल बुद्धको मूर्ति अनावरण समेत गरे ।

नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध विस्तारका निम्ति चौथो महोत्सव लुम्बिनीमा आयोजना गरिएको हो । तीनदिने महोत्सवमा थाइल्यान्ड, कम्बोडिया, चीनलगायत ५० मुलुकका भिक्षुका साथै बौद्ध धर्मावलम्बीको उपस्थिति छ । हिमालयन टेली भ्वाइस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०८२  १४:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro