
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेन सम्झौताको धेरैनजिक पुगेको बताएका छन् ।
अमेरिकी विशेष दूत स्टीव विटकफ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच मस्कोमा भेटवार्ता भएको केही समयपछि ट्रम्पले यस्तो दाबी गरेका हुन् ।
पुटिनका सहयोगी युरी उसाकोभले पुटिन र स्टिभ विटकफबीचको वार्ता रचनात्मक र उपयोगी भएको बताएका छन् ।
पुटिन र स्टिभबीचको छलफलबारे ट्रम्पले रुस र युक्रेनबीच शान्ति सम्झौतामा पुग्ने प्रयास सफलतापूर्वक भइरहेको बताएका बीबीसीले जनाएको छ ।
यसैबीच, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शुक्रबार राति आफ्नो भिडियो सम्बोधनमा भनेका छन्, “रूसलाई बिनासर्त युद्धविराम स्वीकार गर्न दबाब दिन आवश्यक छ ।”
केही दिनअगाडि पुटिनले जेलेन्स्कीसँग वार्ता गर्न तयार रहेको संकेत गरेका थिए ।