site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘राजनीतिक मसला’ नपाएपछि प्रचण्डले सरकार ढल्ने भ्रम फैलाए : महेश बर्तौला

काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार र गठबन्धनमा कुनै समस्या नआएको स्पष्ट पारेका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।

उनले प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुनै राजनीतिक मसला नपाएपछि सरकार ढल्ने भ्रमको खेती गरिरहेको टिप्पणी गरे । सत्तारूढ दलहरूमा भ्रम र भय सिर्जना गर्न यस्तो परिस्थितिको निर्माणमा केन्द्रित भएको उनको आरोप छ । उनले प्रचण्ड फन्डाबाहेक कांग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनै पनि समस्या नभएको दोहोर्‍याए । आफूहरू एकल बहुमतको लागि २०८४ सम्म कुर्ने र त्यतिबेलासम्म कांग्रेससँगको सहयात्रामा अगाडि बढ्ने दाबी गरे ।

"माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अरु कुनै राजनीतिक मसला नपाएपछि उहाँले गरिरहनुभएको खेती हो । सरकारमा कुनै समस्या छैन । उहाँले भ्रम र भय सिर्जना त्यस प्रकारको परिस्थिति निर्माण गर्नुभएको हो । पानीलाई धमिलो बनाउने प्रयत्न प्रचण्डको हो । प्रचण्ड फन्डाबाहेक कांग्रेस र एमालेको बीचमा सत्ता सहयात्राको विषयमा कुनै पनि समस्या छैन," उनले भने ।

उनले शिक्षकहरूका जायज माग पूरा गर्न सरकार लागिपरेको समेत बताए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro