
काठमाडौं । वैशाख महिनामा दश दिन प्रतिनिधिसभा बैठक बस्ने भएको छ । शुक्रबारको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकले वैशाख महिनाको ‘क्यालेन्डर’ पारित गरेको हो ।
जसअनुसार वैशाख १६, १९, २२, २३, २४ गते बैठक बस्ने तय भएको छ । वैशाख २५, २६, २८, ३०, ३१ गते बैठक बस्नेछ ।
वैशाख १९ गते सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची तय भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।
वैशाख ३० गतेबाट विनियोजन विधेयकमाथिको सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) छलफल सुरु गर्ने सम्भावित कार्यसूची कार्यव्यवस्थाले पारित गरेको छ ।
सदनको बजेट अधिवेशन आजबाट सुरु हुँदै छ । दिउँसो १ बजेका लागि बैठक बस्दै छ ।