site stats
बाह्रखरी :: Baahrakhari
विदेश
कश्मीरमा आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध सैन्य प्रतिकार गर्ने जोखिम 

काठमाडौं । भारतको कश्मीरमा दुई दर्जनभन्दा बढी सर्वसाधरणको मृत्यु हुनेगरी भएको आक्रमणले भारत र पाकिस्तानबीचको तनाव झन् बढ्ने चिन्ता बढेको छ । 

यो हमलापछि भारतले पाकिस्तानविरुद्ध सैन्य प्रतिकार गर्ने जोखिम बढेको बीबीसीले उल्लेख गरेको छ । कश्मीरको पहलगाममा मंगलबार भएको घटना सन् २०१९ पछि भएको सबैभन्दा ठूलो आतंकवादी आक्रमण भएको बीबीसीले जनाएको छ ।

मंगलबार कश्मीरमा मारिने र घाइतेहरू सैनिक वा राजनीतिक अधिकारीहरू थिएनन् । छुट्टी मनाउन गएका सर्वसाधरण थिए । यो घटना निर्दयीसँगै प्रतीकात्मक पनि थियो । यो मानिसको ज्यानमाथिको हमला त थियो नै । दुई देशबीच विवादित क्षेत्रमा भारतले स्थापित गर्न खोजेको शान्तीपूर्ण अवस्थाको छविमाथिको सुनियोजित प्रहार पनि भएको बताइएको थियो ।

भारत र पाकिस्तान दुवैले पूर्णरूपमा आफ्नो दाबी गर्ने कश्मीरको जटिल इतिहास हेर्दा भारतको सम्भावित प्रतिकारात्मक, कदम विगतको अभ्यास र राजनीतिक दबाबाट निर्देशित हुने विज्ञहरू बताउँछन् ।

प्रारम्भिक कदमको रूपमा दिल्लीले तत्काल मुख्य सीमा नाकाहरू बन्द, पानी वितरण सम्झौता निलम्बन र कूटनीतिक व्यक्तिहरूलाई निष्कासन गर्नेजस्ता प्रतीकारात्मक कार्यहरू गरेको बीबीसीले जनाएको छ ।

यो भन्द महत्वपूर्ण भारतका रक्षामन्त्री राजनाथ सिंहले कश्मीर हमलाको कडा प्रतिकार गर्ने प्रतिज्ञा गरेका छन् । उनले ‘अपराधी’हरूमाथि मात्र नभएर भारतीय भूमिमा यस्ता काम गर्नेहरूको पछाडि रहेर सघाउने योजनाकारहरूविरुद्ध पनि कारबाही गरिने बताएका छन् ।

विश्लेषकहरू भन्छन्, “प्रश्न सैन्य प्रतिकार हुने वा नहुने भन्ने होइन, बरु यो कहिले, कस्तो रणनीतिक तरिकाले र यसको परिणाम कस्तो हुनेछ भन्ने हो ।” 
 

प्रकाशित मिति: बिहीबार, वैशाख ११, २०८२  ०८:१२
प्रतिक्रिया दिनुहोस्