site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आगामी दुई दिन तराईमा तातो हावा चल्ने, सतर्कता अपनाउन विभागको अनुरोध 

काठमाडौं । मौसम विज्ञान विभागले आगामी दुई दिनसम्म मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ ।

विगत केही दिनयता लुम्बिनी प्रदेशको तराई क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । लुम्बिनी प्रदेशका तराईका भूभागमा आगामी दुई दिन (०८१ वैशाख १२ गतेसम्म) तातो हावा चल्ने चेतावनी दिँदै मौसम पूर्वानुमान महाशाखाले सोको असरबाट बच्न र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार साँझ ७ बजे मधेश प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराई भेगको तापक्रम ३८ डिग्री सेल्सियस वा सोभन्दा बढी छ ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्ने भन्दै सोबाट बच्न मौसम विज्ञान विभागले उपाय सुझाएको छ । 

तातो हावा तथा लहरबाट बच्न चिसो स्थानमा रहने, हल्का सुतीको कपडा लगाउने, नियमित झोल पदार्थ पिउने र स्वास्थ्य समस्या आएमा स्वास्थ्यकर्मीसँग थप सल्लाह सुझाव लिन अनुरोध गरिएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  २१:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro