site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कश्मीर आक्रमणमा नेपाली नागरिकको सम्भावित क्षति खोज्दै सरकार

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले कश्मीर आक्रमणमा भएको नेपाली नागरिकको सम्भावित क्षतिबारे पुष्टि गर्ने काम भइरहेको बताएकी छन् । बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री राणाले थप सूचना उपलब्ध भए जानकारी गराउने बताएकी छन् ।

"हामी यस घटनामा कुनै पनि नेपाली नागरिकको सम्भावित क्षतिबारेमा रिपोर्टहरू पुष्टि गर्दै छौँ । थप विवरण उपलब्ध भए जानकारी गरिनेछ," उनले एक्समा भनेकी छन् ।

उनले आतंकवादी आक्रमणको निन्दा पनि गरेकी छन् । यस घटनामा नेपाल भारत सरकार र भारतीय जनतासँग रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेपालीको सम्भावित क्षेतिबारे पुष्टि गर्ने काम भइरहेको बताएका छन् । उनले पनि घटनाको निन्दा गरेका छन् ।

जम्मू–कश्मीरको पहलगाममा मंगलबार आतंकवादी आक्रमण भएको थियो । जसमा कम्तीमा २७ पर्यटकको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय मिडिया दैनिक भास्करका अनुसार, आक्रमणमा एक नेपालीको पनि ज्यान गएको छ । ज्यान गुमाउनेमा सुदीप नेउपाने रहेको समाचारमा उल्लेख छ । यद्यपि, नेपाली पक्षबाट यसको आधिकारिकता पुष्टि हुन सकेको छैन ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro