site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बजारबाट यी दुई औषधि तुरुन्त फिर्ता गर्न निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले बजारबाट पेटसम्बन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुई औषधि परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो ।

उक्त ब्याच नम्बर भएका औषधि सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ ।

विभागले बजार अनुगमनका क्रममा संकलित नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उक्त ब्याच नम्बरका औषधि न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ ।

औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री–वितरण रोक्का गरी उक्त ब्याचका औषधि बजारबाट तुरुन्त फिर्ता गर्न र त्यसको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिलाई सूचनामार्फत निर्देशन दिइएको छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro