राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आन्दोलनरत शिक्षकहरूसँग वार्ता गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले वार्ताका लागि शुक्रबार (आज) साँझ ७ बजेको समय दिएपछि नेपाल शिक्षक महासंघका पदाधिकारी आन्तरिक छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीसमक्ष राख्ने विषयमा समझदारी जुटाएर वार्तामा जाने महासंघको तयारी छ ।
नेपाल शिक्षक संघ वाग्मती प्रदेश अध्यक्ष दीपक सिंखडाका अनुसार, महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीको नेतृत्वको टोलीले प्रधानमन्त्रीसँग छलफल गर्ने तय भएको छ ।
आन्दोलन थालेको १५ दिनपछि प्रधानमन्त्रीले शिक्षकहरूलाई वार्तामा बोलाएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२ १६:३८
प्रतिक्रिया दिनुहोस्