site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माओवादीले भन्यो– सचिव, सहसचिव घट्ने यकिन भएमात्रै अतिरिक्त सचिव
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सचिव र सहसचिव घट्ने यकिन भएपछि मात्रै अतिरिक्त सचिव पद राख्न सकिने बताएका छन् ।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती विधेयकबारे उपसमितिको प्रतिवेदनमाथिको छलफलमा पाण्डेले कम्तीमा कुलिङ पिरयड दुई वर्ष राख्नैपर्ने बताए ।

"त्यसभन्दा बढी समितिले सोचोस् । विशिष्ट श्रेणीको कर्मचारी कहाँ जाने हो भन्ने तय गरेर राजीनामा दिएर गइहाल्ने, कतिपयमा सम्झौता हुने र सरकारले दु:ख पाउने अवस्था छ । त्यसैले कुलिङ पिरियड राख्नैपर्छ," उनले भने ।

उनले अगाडि थपे, "अतिरिक्त सचिव राख्नपर्ने भए अहिले भएका सचिव, सहसचिव कति घट्ने हो ? घटाउने संख्या यकिन हुन्छ भने अनुसूचीमा राखेर जान सकिन्छ, नत्र हुँदैन," उनले भने ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १२:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro