site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एक महिनाअघि नै छुटेका थिए रामबहादुर बम्जन, छैनन् सम्पर्कमा
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । आफ्नै आश्रममा आएका आनीहरूलाई बलात्कारपछि बेपत्ता पारेको आरोपमा पक्राउ परेका लिटिल बुद्ध भनिने रामबहादुर बम्जन 'गुपचुप'रूपमा छुटेको खुलेको छ । उच्च अदालत जनकपुरबाट सफाइ पाएपछि बम्जन गएको चैत ७ गते नै थुनामुक्त भएको खुलेको हो ।

बम्जनलाई उच्च अदालतले गएको चैत ६ गते सफाइ दिएको थियो । पछिल्लो समय उनलाई सिन्धुपाल्चोक कारागारमा राखिएको थियो । उच्चको आदेशपछि उनी थुनामुक्त भएको सिन्धुपाल्चोक कारागारका निमित्त जेलर निरजराम दमाईले जानकारी दिए ।

उनीमाथि नुवाकोट र सिन्धुपाल्चोकमा समेत मुद्दा छ । तर, अन्य जिल्लाले उनलाई धरौटी र साधारण तारेखमा छाड्ने आदेश गरेका कारण थुनामुक्त भएका हुन् । सिन्धुपाल्चोक कारागारबाट बम्जनलाई उनकी श्रीमती र अन्य केही व्यक्तिले बुझेको निमित्त जेलर दमाईले बताए ।

उनीविरुद्ध नुवाकोट र सिन्धुपाल्चोकबाहेक एउटा उजुरी बारामा पनि छ । बाराको उजुरी अघि बढेको छैन ।

बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ०८० पुसमा काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ गरेको थियो ।

०७३ मा आफ्नै आश्रममा आएका तीन युवतीलाई प्रलोभनमा पारेर यौनशोषण र बलात्कारपछि बेपत्ता पारेको अभियोग उनीमाथि थियो । बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतले ०७६ माघमा पहिलोपटक पक्राउ पुर्जी जारी गरेको थियो । उनी लामो समयपछि पक्राउ परेका थिए ।

थुनामुक्त भएका बम्जन कहाँ बसेका छन् भन्ने खुलेको छैन । उनको सिन्धुलीसहित विभिन्न जिल्लामा आश्रम छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १६:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro