site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तनहुँमा मोटरसाइकल दुर्घटना : एकको मृत्यु, दुईजना गम्भीर घाइते
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा मोटरसाइकल दुर्घटनाबाट एक जनाको ज्यान गएको छ । गए राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा भएको दुर्घटनाबाट अन्य दुईजना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–३, कवासेका १९ वर्षीय रोमन लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाका अनुसार, दुलेगौँडाबाट खैरेनीटारतर्फ आउँदै गरेको लु २४ प २२४७ नम्बरको मोटरसाइकल र खैरेनीटारबाट दुलेगौँडा जाँदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन् । लु प्र ०१००१ प ५६६८ नम्बरका चालक लम्सालको मृत्यु भएको हो ।

उनका अनुसार, दुर्घटनामा अर्को मोटरसाइकलमा सवार २० वर्षीय सुशान आले र सोही ठाउँका १९ वर्षीय निश्चल गुरुङ गम्भीर घाइते भएका छन् । घाइतेको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १५:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro