site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
राप्रपाको युवा भेलामा लफडा, रिसाएर बाहिरिए लिङदेन (तस्बिरसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा लफडा भएको छ ।

बुधबार संगठनको कार्यक्रम उद्घाटनका लागि पुगेका पार्टी अध्यक्ष राजेन्द्र लिङदेन आफैँ सुरक्षा घेरामा बस्न बाध्य भए । एक समूहले हलमा 'मोति लामा – जिन्दावाद'को नाराबाजी गरेको थियो ।

भेलाले उग्ररूप लिने देखिएपछि लिङदेन भेला स्थगित भएको घोषणा गर्दै बाहिरिएका थिए ।

"तपाईं पार्टीको भविष्य हो, कसैको हतियार नबन्नुस्, गुन्डागर्दी नगर्नुस्," लिङदेनले भनेका थिए ।

युवाहरूले अध्यक्षबाहेक सबैलाई मञ्चबाट हटाउन बल प्रयोग गर्न खोजेपछि प्रहरीले घेरा हालेर मञ्चको सुरक्षा गरेको थियो ।

हेर्नुहोस् तस्बिरहरू

Raprapa-Yuwa-Bhela-(1)-1755069640.jpg

Raprapa-Yuwa-Bhela-(8)-1755069639.jpg

Raprapa-Yuwa-Bhela-(6)-1755069638.jpg

Raprapa-Yuwa-Bhela-(3)-1755069636.jpg

Raprapa-Yuwa-Bhela-(7)-1755069638.jpg

Raprapa-Yuwa-Bhela-(2)-1755069636.jpg

Raprapa-Yuwa-Bhela-(5)-1755069637.jpg

Raprapa-Yuwa-Bhela-(4)-1755069637.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

 

 

प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  १३:०७
प्रतिक्रिया दिनुहोस्