site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा भन्छ– महाभियोग लाग्छ भन्ने लाग्दैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुखविरुद्ध महाभियोगको कल्पना पनि नगरिएको बताएको छ । कांग्रेस र एमालेका सांसदहरु धमाधम हस्ताक्षर अभियानमा रहेका बेला रास्वपाले यस्तो प्रतिक्रिया दिएको हो ।

उपसभामुख इन्दिरा राना मगरले अमेरिकाको भिसाका लागि लेटरप्याडमा सिफारिस गरेर मानव तस्करी गरेको आरोप लागेको थियो ।

उनलाई राजीनामा गर्न आग्रह गर्दा पनि नमानेपछि हस्ताक्षर अभियान सुरु गरिएको कांग्रेसका सांसदहरुको आकलन छ । तर हस्ताक्षरको बारेमा स्पष्ट पारिएको छैन ।

संविधानको धारा ९१ को उपदफा (६) को ग मा पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधिसभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाई बहुमतबाट पारित भएमा सभामुख वा उपसभामुख पदमुक्त हुने व्यवस्था छ ।

राना मगर रास्वपा सांसद पनि हुन् । रास्वपाले उनीविरुद्ध महाभियोग लगाउने कुरा कल्पनाबाहिरको भनेको छ ।

सो पार्टीका प्रमुख सचेतक सन्तोष परियारले बाह्रखरीसँगको कुराकानीमा भने– हामीसँग कुनै छलफल पनि भएको छैन । हामीलाई विश्वास छ– महाभियोग प्रस्ताव ल्याइँदैन ।”

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ११:२५
प्रतिक्रिया दिनुहोस्