site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
चिनियाँ स्मार्टफोनको आयात कर छुट अल्पकालीन हुन सक्ने ट्रम्पको संकेत

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट अमेरिका आयात गरिने स्मार्टफोन, ग्याजेट र प्रविधिजन्य सामानमा लाग्ने कर छुट दीर्घकालीन हुन सक्ने संकेत गरेका छन् । शुक्रबार अमेरिकाले चिनियाँ सामान आयातमा लाग्ने १४५ प्रतिशत आयात करबाट स्मार्टफोन र प्रविधिजन्य सामानमा छुट दिएको थियो । 

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले व्यापार असन्तुलन र अमेरिकाप्रति अन्यायपूर्णको व्यवहार गर्ने कसैलाई पनि छुट नदिने बताएका बीबीसीले जनाएको छ ।

चिनियाँ प्रविधिजन्य सामानमा २० प्रतिशत पुरानो आयात कर विद्यमान रहेको र नयाँ थप पारस्परिकमा मात्र छुट दिएको उनले बताए ।

अमेरिकी प्रविधि कम्पनीहरूले पारस्परिक करले स्मार्टफोन, ग्याजेट र प्रविधिजन्य सामानको मूल्य उच्च हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए । त्यसपछि ट्रम्पले अमेरिकासहित सबै देशका स्मार्टफोन र ग्याजेटमा पारस्परिक कर हटाएका थिए । अमेरिकी कम्पनीका धेरैजसो ग्याजेट चीनमा बनाइन्छ ।

चिनियाँ अधिकारीहरूले यसअघि ट्रम्पलाई आयात कर पूर्ण रूपमा रद्द गर्न आग्रह गरेका थिए । आफ्ना गल्ती सच्याउन ट्रम्पलाई उनीहरूले आह्वान गरेका थिए । गएको हप्ता आयात करसम्बन्धी ट्रम्पको घोषणाले विश्वभरका वित्तीय बजारमा ठूलो उतारचढाव देखिएको थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  १५:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro