देश

तानसेन (पाल्पा) । पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । रामपुर नगरपालिका–३, रामपुर ओइरीघाटस्थित भित्री कच्ची सडकमा स्कुटर दुर्घटना हुँदा चालक ७५ वर्षीय पदमबहादुर ठाडा मगरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार, लाम्टाङबाट ओइरीघाटतर्फ आउँदै गरेको लुम्बिनी प्रदेश ०९–००४ प ८०३९ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिँदा चालक ठाडा घाइते भएका थिए ।
उनको उपचारका क्रममा रामपुर अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ । रासस
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२ १४:०७
प्रतिक्रिया दिनुहोस्