देश

हुम्ला । हुम्लाको दक्षिण भेगस्थित चंखेली गाउँपालिकामा गए राति (चैत ३१) स्काभेटर दुर्घटना हुँदा चालकसहित दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा चंखेली गाउँपालिका–२ का ४५ वर्षीय परबल कामी र स्काभेटरका चालक सोही वडाका ३१ वर्षीय अर्जुन कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शंकर पोखरेलले जानकारी दिए । दुवैजनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।
चंखेली गाउँपालिकाको पिपलाङबाट मिमितर्फ जानेक्रममा प्रदेश नम्बर २.०३.००१ क ९७५ नम्बरको स्काभेटर सडकबाट १०० मिटर तल खसेको जनाइएको छ ।
चालक अर्जुनले बिग्रेको स्काभेटरलाई चलाउने क्रममा तल खस्दा घाइते भएका दुवैजनालाई उपचारका निम्ति स्थानीय प्राथमिक स्वास्थ्यचौकी पुर्याइएको थियो । रासस
प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२ १०:२९
प्रतिक्रिया दिनुहोस्