site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
ट्रम्पको कर छल्न एप्पलले भारतबाट १५ लाख आइफोन अमेरिका लगेको खुलासा

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका सबै देशका विरुद्ध घोषणा गरेको आयात कर कार्यान्वयनमा लगाउनुअघि नै अमेरिकी मोबाइल तथा प्रविधि कम्पनी एप्पलले उसको भारतको कारखानाबाट उत्पादन भएका ६०० टन (१५ लाखभन्दा बढी) आइफोन अमेरिका लगेको जानकारी खुल्न आएको छ ।

थप आयात कर लागेपछि अन्य देशमा उत्पादन भएका आइफोनमा अमेरिकामा आयात कर बढी लाग्ने भएपछि एप्पलले चार्टर्ड कार्गो उडानमार्फत यति धेरै मोबाइल उठाएको द इन्डिपेन्डेन्टले जनाएको छ । 

विश्लेषकहरूले आइफोनका पार्टस्हरू चीनमा उत्पादन हुने भएकाले अमेरिकामा आइफोनको मूल्य बढ्न सक्ने चेतावनी दिएका छन् । एप्पलको मुख्य मोबाइल फोन उत्पादन केन्द्र चीनलाई ट्रम्पले १२५ (२० प्रतिशत फेन्टोनेल तस्करी करबाहेक) प्रतिशत आयात कर लगाएका छन् । भारतबाट आयातमा २६ प्रतिशत कर छ । तर ट्रम्पले ९० दिने आयात कर स्थगनको घोषणा गरिसकेका छन् ।

विश्वभर आयात कर लगाएपछि ट्रम्पले कडा प्रतिक्रिया झेल्नुपरेको छ । उनका समर्थक एलन मस्क पनि यसबाट असन्तुष्ट भए । मस्कले ट्रम्पलाई शुल्क नीति पुनर्विचार गर्न अनुरोध गरे । पटकपटकको दबाबपछि ट्रम्पले ९० दिने कर स्थगन गर्दै चीनबाहेकका देशलाई १० प्रतिशत मात्र आयात कर लाग्ने घोषण गरे ।

एप्पलले आयात करबाट बच्न भारतको चेन्नई एयरपोर्ट भन्सार कर निकासी समय ३० घण्टाबाट ६ घण्टामा घटाउन लगाएर मार्च देखि ६ कार्गो जेटमार्फत (प्रत्येक जहाजमा १०० टन) मोबाइल फोन उठायो । चीनमा पनि मोबाइल फोन कारखाना भए पनि भारतबाटै लैजानुको कारण के थियो भने अप्रिल २ मा ट्रम्पको थप आयात कर घोषणाअघि नै चीनमा २० प्रतिशत आयात कर लगाइएको थियो ।

एप्पलले विश्वभरि वार्षिक २२ करोड भन्दा बढी आइफोन बेच्छ । अमेरिका जाने आइफोनको पाँचमध्ये एक फोन भारतमा बन्छ । एप्पलले भारतीय उत्पादन २० प्रतिशत बढाउने लक्ष्य राखेको छ । यसअन्तर्गत एप्पलको फक्सकन इन्डिया कारखानामा बिदाको दिन आइतबार पनि काम हुनेछ । 

एप्पल मात्र होइन, पोर्सजस्ता कार कम्पनीले पनि ट्रम्पको आयत कर लाग्नुअघि अमेरिकामा धेरे कार भित्र्याउन छिटोछिटो काम गरेका छन् । जसका कारण उनीहरूले मूल्य बढाउने घोषणा गरेका छैनन् । जबकि उसको प्रतिस्पर्धी फेरारीले १० प्रतिशत मूल्य वृद्धि गर्ने घोषणा गरिसकेको छ । 

द इन्डिपेन्डेन्टबाट
 

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro