site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
वीरगन्जको कर्फ्यु हट्यो, निषेधाज्ञा कायमै

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रमा जारी गरेको कर्फ्यु हटाएको छ । हनुमान जयन्तीका अवसरमा दुई समुदायबीच झडपको स्थिति बनेपछि पर्सा प्रशासनले गत शनिबार साँझदेखि हिजो आइतबार राति १२ सम्म सो क्षेत्रमा कर्फ्यु लगाएको थियो ।  

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यु हटाइएका हुन् । कर्फ्यु हटाइए पनि परिस्थिति पूर्ण रूपमा सामान्य नभइसकेकाले केही क्षेत्रमा निषेधाज्ञाको आदेश जारी राखिएको छ । 

०८२ वैशख १ गते देखि अर्को आदेश नभएसम्मका लागि पूर्वमा बाईपास रोड, पश्चिममा सिर्सिया पुल, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म निषेधाज्ञा लगाइएको हो । 

यी स्थानमा कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञाको आदेश जारी गरिएको हो । उक्त आदेशको उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १, २०८२  ०६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro