site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मासिक कथावाचनको १८औँ शृंखला सम्पन्न

काठमाडौं । कथा साहित्यमा पुनर्जागरण अभियान अन्तर्गत २०८० साल साउनदेखि प्रत्येक महिनाको अन्तिम शुक्रबार सम्पन्न हुँदै आएको कथावाचन कार्यक्रमको १८औँ शृंखला हालै सम्पन्न भएको छ । 

कार्यक्रममा प्रचलनअनुसार, यसपटक दिवंगत स्रष्टा युद्धप्रसाद मिश्रको कथा ‘पुनर्मिलन’ वाचन गरियो । यो कथा साहित्यिक पत्रिका शारदाको वर्ष सात संख्या २ (विसं १९९८ जेठ)मा प्रकाशित भएको थियो । उक्त कथा सर्जक शुकदेव उपाध्यायले वाचन गरे । 

उप्रान्त अन्य पाँच कथाकारले २०२० को दशकदेखि २०५० को दशकसम्ममा प्रकाशित आआफ्ना कथा वाचन गरे । आफ्ना कथा वाचन गर्नेमा नरेन्द्रराज पौडेल, राशि पाण्डे, मधुवन पौडेल, सुलोचना मानन्धर धिताल र अमरकुमार प्रधान थिए । 

कार्यक्रममा कथा वाचन अभियानका परिकल्पनाकारहरू चन्द्रप्रसाद भट्टराई र पुष्कर लोहनीले कथा साहित्यबारे बोलेका थिए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ११:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro