अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार (चैत ३१) हालसम्मकै उच्च कायम भएको छ । वर्ष ०८१ को अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर इतिहासकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ८६ हजार रुपैयाँ कायम छ । अघिल्लो कारोबार दिन (शुक्रबार) छापावाल सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यो पनि उच्च मूल्य थियो ।
चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१ ११:०१
प्रतिक्रिया दिनुहोस्