site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
पुस्तक भाषागत रूपमा पठनीय हुनुपर्छ : कार्की
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले मान्छेले आफ्नो जीवनमा देखेभोगेका विविध आयामलाई भाषा र सिलसिला मिलाएर लेख्नु नै साहित्य भएको बताएकी छन् । शनिबार (चैत ३०) काठमाडौंमा साहित्यकार शंकर पाण्डेको पुस्तक विमोचन कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

पुस्तक लेख्दा भाषागत रूपमा पठनीय हुनुपर्ने उनले उल्लेख गरिन् । उनले आमनेपालीले जीवनयापनका क्रममा भोगेका अनुभवको सँगालोमा साहित्यिक पुस्तक लेख्न सकिने बताइन् ।

पूर्वप्रधानन्यायाधीश कार्कीले अन्तरआत्मामा छुने भावनात्मक विचारले भरिपूर्ण पाण्डेको लेखन प्रशंसनीय रहेको बताइन् । न्युज एजेन्सी नेपाल

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १५:५१
प्रतिक्रिया दिनुहोस्