site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अमेरिकामाथि चीनले लगायो १२५ प्रतिशत आयात कर, व्यापार युद्ध थप बढ्ने चिन्ता
Tiktok banner adTiktok banner ad

काठमाडौं । चीनले अमेरिकाबाट आयात गरिने सामानमा १२५ प्रतिशत कर लगाउने घोषणा गरेको छ । अमेरिकाले चीनमाथि १४५ प्रतिशत आयात कर लगाउने घोषणापछि चीनले जवाफी कदम चालेको हो ।

चीनले अमेरिकाविरुद्ध घोषणा गरेको कर भोलिबाट लागु हुने बीबीसीले जनाएको छ । समाचारका अनुसार, चीनले घोषणा गरेको यो करको दर अमेरिकाले चीनलाई लगाएको करको बराबर हो ।

अमेरिकाले जति कर लगाउँछ चीनले पनि त्यति नै जवाफी कर अ‍ेरिकामाथि लगाउँदै आएको छ । चीनको पछिल्लो घोषणापछि डोनाल्ड ट्रम्पले थालेको विश्वव्यापी व्यापार युद्ध थप बढ्ने विश्लेषण गरिएको छ । चीनले अमेरिकामा निर्यात हुने केही सामानमा १४५ प्रतिशत कर भोगिरहेको छ ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी जिनपिङले युरोपेली युनियनलाई अमेरिकाले गरिरहेको दादागिरीको विरोधमा चीनसँग हातेमालो गर्न आह्वान गरेका छन् । राष्ट्रपति सीले आयात कर युद्धमा कसैको जित नहुने बताएका छन् ।

उता अमेरिकी राष्ट्रपति ट्रम्पले भने अझै पनि चीनसँग आयात करबारे सम्झौता हुन सक्ने विषयमा आफू आशावादी रहेको बताएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १६:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro