site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नेपालको पूर्वाधार विकास किन सुस्त ? यसो भन्छ उच्चस्तरीय आयोग
फाइल तस्बिर ।

काठमाडौं । उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले डिजाइन र निर्माण उद्योगको गुणस्तरीयतामा कमी रहेकाले नेपालको पूर्वाधार विकासले गति नलिएको औँल्याएको छ । पूर्वअर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा बनेको आयोगले शुक्रबार बुझाएको प्रतिवेदनमा उचित योजना, डिजाइन, निर्माण उद्योग गुणस्तरको अभाव, परम्परागत शैलीजस्ता कारणले पूर्वाधार विकासले गति नलिएको उल्लेख छ ।

आयोगले विकास निर्माणको काम नयाँ शैलीमा गर्नुपर्ने आवश्यकता औँल्याएको छ । नेपालमा विभिन्न पूर्वाधार प्रणालीका लागि बनेका गुरुयोजनाको एकअर्काबीच पर्याप्त समन्वयसमेत नदेखिएको आयोगको निष्कर्ष छ ।

पूर्वाधार विकासका लागि सरकार, निजी क्षेत्र र वित्तीय क्षेत्रको साझेदारी महत्त्वपूर्ण हुने प्रतिवेदनमा उल्लेख छ ।

आयोगले आधारभूत पूर्वाधार अभावकै कारण व्यापार व्यवसाय तथा उद्योग स्थापना गर्दा लागत महँगो परेको बताएको छ । जसले समग्र अर्थतन्त्रलाई महँगो बनाएको र प्रतिस्पर्धा गर्ने क्षमतामा पनि ह्रास आएको आयोगको ठहर छ ।

"नेपालको सार्वजनिक खरिद ऐनको प्रस्तावनामा रहेका सिद्धान्त अनुकूल कार्यान्वयन पक्ष कमजोर देखिन्छ । सार्वजनिक निकायमा सार्वजनिक खरिद बुझ्ने जनशक्तिको कमी, कर्मचारी तथा पदाधिकारीको स्वार्थमा स्रोतको दुरुपयोग बढ्नु, ठेक्का लिने तर काम नगर्नेलाई कारबाही गर्ने र कालोसूचीमा राख्ने कार्य अगाडि नबढाउनु, म्याद थप, स्वार्थ अनुरूप भेरियसन र मूल्यवृद्धिजस्ता समस्या पूर्वाधार क्षेत्रमा प्रमुख समस्या रहेको छ," आयोगले औँल्याएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  १३:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro