site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
अमेरिकाले चिनियाँ सामानमा लाग्ने आयात कर १४५ प्रतिशत पुर्‍यायो 

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने चिनियाँ सामानमा आयात कर १४५ प्रतिशत पुर्‍याएका छन् । 

चीनले अमेरिकी आयातमा ८४ प्रतिशत प्रतिशोधात्मक शुल्क लगाएपछि अमेरिकाले १२५ प्रतिशत बनाएको थियो । अहिले बढाएर १४५ प्रतिशत पुर्‍याएको ह्वाइट हाउसबाट प्रकाशित मेमोलाई उदृत गर्दै सीएनबीसी पत्रिकाले जनाएको छ ।

अमेरिकामा फेन्टानिल तस्करीमा चीनको भूमिका रहेको भन्दै वर्षको सुरुमा चीनविरुद्ध लगाइएको २० प्रतिशत अतिरिक्त करलाई जोडेर १४५ प्रतिशत पुर्‍याइएको समाचारमा बताइएको छ । 

एक दिनअघि ट्रम्पले अमेरिका र चीनबीचको व्यापार घाटा कम गर्ने उद्देश्यले चीनमाथि लगाएको आयात करको प्रतिशोधमा चीनले अमेरिकाविरुद्ध ८४ प्रतिशत प्रतिशोधात्मक आयात कर घोषणा गरेको थियो । बदलामा अमेरिकाले चीनलाई १२५ प्रतिशत आयात कर लगाएको थियो । 
 
अब चीनबाट आयात हुने सबै वस्तुमा अमेरिकामा १४५ प्रतिशत भन्सार कर लाग्नेछ । ट्रम्पले बुधबार धेरै देशविरुद्ध लागु गरिएका पारस्परिक आयात कर कम्तिमा ९० दिनको लागि स्थगन गरेका थिए । तर, चीनले अमेरिकाविरुद्ध जवाफी आयात कर लगाउने बताएपछि चीनको हकमा भने यो कर स्थगन नगरी चीनविरुद्ध दबाब बढाएका थिए । 

यसैबीच, चीनले दुई देशबीच वार्ताको ढोका खुला भएको बताएको छ । तर, अमेरिकाको धम्कीसित भने चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार, चीनले भनेको छ “हाम्रो नीति स्पष्ट छ, शान्तिपूर्ण समाधानको लागि हाम्रो ढोका खुला छ । तर, कुनै पनि धम्की वा दबाब स्वीकार गर्ने छैनौँ ।” 

प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१  ०८:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
गुरुहरूको गरिमा नगुमोस् !
गुरुहरूको गरिमा नगुमोस् !
Hamro patroHamro patro