विदेश

काठमाडौं । डोमिनिकन रिपब्लिकको एक नाइटक्लबमा भवनको छत खस्दा मृत्यु हुनेको संख्या दुई सय नाघेको छ ।
सांगीतिक कार्यक्रम भइरहेको समयमा मंगलबार बिहान भवनको छत खसेको थियो । सरकारले तीन दिनको राष्ट्रिय शोक घोषणा गरेको सीएनएनले जनाएको छ ।
डोमिनिकन रिपब्लिकको राजधानी सान्तो दोमिङगोमा रहेको जेटसेट नाइटक्लबको छत झरेपछि उक्त घटना भएको थियो । ज्यान गुमाउनेमा धेरै महिला रहेको बताइएको छ ।
घटना मंगलबार बिहान १२ः३४ बजे गायक रबी पेरेजको कार्यक्रमको बेला भएको थियो । कार्यक्रम सुरु भएको केही सेकेन्डमै उक्त भवनको छत झरेको थियो ।
घटनामा अमेरिकाको मेजर लिगका पूर्वबेसबल खेलाडी ओक्टाभियो डोटेलको पनि मृत्यु भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, चैत २९, २०८१ ०८:२७
प्रतिक्रिया दिनुहोस्