-1744199667.jpg)
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आयोजना गरेको ‘थांका–पौभा विशेष चित्रकला प्रदर्शनी’ आज बुधबारदेखि सुरु भएको छ ।
प्रदर्शनीको उद्घाटन ऊर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम तामाङ)ले एक समारोहका बीच गरेका थिए ।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान नक्सालको चन्द्रमानसिंह मास्के हलमा थांका–पौभा विशेष चित्रकला प्रदर्शनी सुरु भएको हो ।
‘अनुसन्धान, सिर्जना र सम्मान’ भन्ने नाराका साथ आयोजना गरिएको प्रदर्शनीमा नेपाली परम्परागत चित्रकला विधाअन्तर्गत थांका–पौभा चित्रकला प्रदर्शनी राखिएका छन् ।
प्रदर्शनीमा ४१ जना कलाकारले कोरेका ६२ पौभा चित्र र ३ थान थांका चित्र अवलोकन गर्न सकिन्छ । प्रदर्शनी आगामी नयाँ वर्षको वैशाख ६ गतेसम्म प्रदर्शनी चल्ने प्रतिष्ठानले जानकारी दिएको छ ।