site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणीमा डुबेका दुईजनाको शव फेला  
Tiktok banner adTiktok banner ad

काठमाडौं । नारायणी नदीमा डुबेको दुईजनाको शव सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको छ । 

पूर्वी (नवलपरासी)को गैडाकोट नगरपालिका–१ स्थित नारायणी नदीमा बेपत्ता भएका दुवैजनाको शव सशस्त्र प्रहरीको गोताखोरले आज निकालेको छ ।
 
गैडाकोट–१ बस्ने १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वपनिल सेर्पुञ्जा चैत २६ गते (मंगलबार)  नुहाउने क्रममा डुबेर बेपत्ता भएका थिए । 

गोताखोरसहितको टोलीले स्वपनिल सेर्पुञ्जाको शव ३५ फिट गहिराइबाट बिहान साढे ११ बजे र दीक्षा सेर्पुञ्जाको शव ५० फिट गहिराइबाट साढे १२ बजे निकालेको सशस्त्र प्रहरी बलका प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । 

उनीहरूको उद्धार तथा खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल नं. १७ गण चितवनबाट परिचालित भएको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro