
काठमाडौं । डोमिनिकन रिपब्लिकको एक नाइटक्लबमा भवनको छत खस्दा ७९ जनाको मृत्यु भएको छ । सांगीतिक कार्यक्रम भइरहेको समयमा भवनको छत खस्दा ७९ जनाको मृत्यु भएको हो । १५५ जना घाइते भएका छन् ।
डोमिनिकन रिपब्लिकको राजधानी सान्तो दोमिंगोमा रहेको जेटसेट नाइटक्लबको छत झरेपछि भएको घटनाको भग्नवशेषमा अहिले पनि खोजी र उद्धार अभियान चलिरहेको डोमिनिकन रिपब्लिकको प्रहरीले जनाएको एबीसी न्युजले बताएको छ ।
प्रहरीका अनुसार घटना मंगलबार बिहान १२ः३४ बजे डोमिनिकन मेरेन्गे गायक रबी पेरेजको कार्यक्रमको बेला भएको हो । कार्यक्रम सुरु भएको केही सेकेन्डमै उक्त भवनको छत झरेको प्रहरीले बताएको छ ।
डोमिनिकन रिपब्लिकका गृह मन्त्रीले पूर्वमेजर लिग बेसबल खेलाडी ओक्टाभियो डोटेलको पनि घटनामा मृत्यु भएको छ ।