site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘कांग्रेस–एमाले–माओवादीलाई प्रभु ठान्छन्, हामीले त दया व्यक्त गर्ने हो !’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले शिक्षकहरू सडकमा आउँदा समेत सरकार जिम्मेवार नबनेको भन्दै शिक्षकहरू पनि दलका दास बनिरहेको आरोप लगाएका छन् ।

सरकारविरुद्ध राप्रपाले मंगलबार गरेको खबरदारीसभामा अध्यक्ष लिङदेनले शिक्षक आन्दोलनलाई आफूहरूले दया मात्र व्यक्त गर्न सक्ने बताए ।
 
“शिक्षा ऐन पास गराउन न संसद्‍मा छिटो ल्याउँछन् न अध्यादेश ल्याउँछन् ! अनि शिक्षकहरू सडकमा बसिराखेका छन्,” लिङदेनले भने, “शिक्षकहरू पनि दलीय बन्धन तोड्न मान्दैनन् । त्यही कांग्रेस–एमाले–माओवादीलाई प्रभु मान्छन्, आफ्नो जीवनदाता मान्छन् । हामीले त दया व्यक्त गर्नुबाहेक, दुःख व्यक्त गर्नुबाहेक के छ र !” 
 
उनले आफूले आन्दोलनमा साथ दिन्छु भन्दा पनि शिक्षकहरूले अस्वीकार गरेको भन्दै ऐक्यबद्धता जनाउन पनि रोकेको खुलासा गरे ।

“ल अहिले शिक्षकहरूले भनून् त राप्रपा आओस् हाम्रो आन्दोलन सफल बनाउन भनेर, हामी अहिल्यै गएर माग पूरा गरिदिन्छौँ, यो जुलुस अहिल्यै मिसिन्छ ऐक्यबद्धता गर्न,” लिंदेनले भने, “फेरि शिक्षकहरू नै – राजनीतिक रङ लगाउँछ होला, हजुरहरू नआइदिनुस् भन्छन् । अब उता सरकारले दलेको दलेकै छ ।” 

उनले सरकारले पनि आफूलाई मन लाग्ने मात्र कानुन बनाउने गरेको भन्दै शिक्षकहरूलाई सडकमा राखेर रमिता देखाएको आरोप लगाए । हिजो व्यवस्था परिवर्तनका लागि अग्रमोर्चामा लडेका शिक्षकलाई आफैँले ल्याएको व्यवस्थामा सडकमा पुगेको भनेर व्यंग्यसमेत गरे । 

“देश अर्थतन्त्रको दृष्टिकोणले पनि अत्यन्त कमजोर अवस्थामा छ । अन्तराष्ट्रिय मानसम्मानका दृष्टिकोणले पनि अन्त्यन्त कमजोर अवस्थामा छ । अहिले समाजको कुनै पनि क्षेत्र सन्तुष्ट छैन,” लिङदेनले भने, “हिजो यिनीहरू (गणतन्त्रवादी)को आन्दोलनमा अग्रीम मोर्चामा रहेर सहयोग गर्ने शिक्षकहरू अहिले आन्दोलनमा छन् ।”

आफूलाई मन लागेको विषय संसद्बाट पास गराउँदा ढिला हुन्छ भनेर अध्यादेश जारी हुने गरेको भन्दै उनले शिक्षकहरूका विषय मतलव नगरेर शिक्षकलाई सडकमा जान बाध्य पारिएको आरोप लगाए । 

“यदि यो सरकार शिक्षा नीतिप्रति प्रतिबद्ध थियो भने अहिले सबै दललाई छलफलमा बोलाएर निकास निकालिसकेको हुन्थ्यो,” लिङदेनले भने ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro