site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राप्रपा नेपालले भन्यो– तीनकुने घटनामा छानबिन चाहियो, राणा र मिश्रसहितलाई रिहा गर
फाइल तस्बिर ।

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले तीनकुने घटनाको निष्पक्ष छानबिनका निम्ति उच्चस्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ । आज बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनालाई अराजक र हिंसात्मक बनाउन सरकारले नै नियोजित षड्यन्त्र गरेको निष्कर्ष निकालेको छ ।

राप्रपा नेपालले तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका राप्रपाका नेताहरू धवलशमशेर राणा, रवीन्द्र मिश्रसहितलाई रिहा गर्न पनि माग गरेको छ ।

राप्रपा नेपालले जगमान गुरुङको संयोजकत्वमा गठन भएको 'संयुक्त जनआन्दोलन' समितिलाई पूर्णरूपले सहयोग र समर्थन गर्ने बताएको छ । "उक्त समितिले आयोजना गर्ने सबै कार्यक्रममा सहभागी हुन राप्रपा नेपाल पार्टीका कार्यकर्ता, सहयोगी र शुभचिन्तकमा राप्रपा नेपाल आग्रह गर्दछ," बैठकको निर्णयमा भनिएको छ ।

राप्रपा नेपालले गुरुङको संयोजकत्वमा गठित 'संयुक्त जनआन्दोलन' समितिले आगामी बुधबार (चैत २७ गते) आयोजना गर्ने 'प्रतिबद्धता सभा'लाई सफल बनाउन सक्रिय सहयोग गर्ने निर्णय गरेको छ ।

"अहिले योजनाबद्ध र संगठितरूपले राजा, हिन्दुराष्ट्रको मान्यता र राजसंस्थासहितको प्रजातन्त्रको विचारलाई बदनाम गर्ने, निषेध गर्ने तथा उक्त विचारका पक्षधरलाई हतोत्साहित तुल्याउने षडयन्त्र भइरहेको छ । यस अवस्थामा आफ्नो विचारको प्रतिरक्षाको निम्ति सबै राष्ट्रवादी, राजावादी, हिन्दुवादी र प्रजातन्त्रवादी एकताबद्ध हुन राप्रपा नेपाल अपिल गर्दछ," राप्रपा नेपालका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम बर्तौलाले एक विज्ञप्तिमार्फत भनेका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro