site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारतीय मित्रहरू स्पष्ट हुनुस्, नेपालमा लोकतन्त्रको विकल्प खोजिएको छैन : प्रदीप ज्ञवाली 

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेपालमा लोकतन्त्रको विकल्प खोजी हुन सक्छ भन्ने अनुमान नगर्न भारतीयहरूलाई आग्रह गरेका छन् ।  

गणेशमान सिंह फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै पूर्वपरराष्ट्रमन्त्री समेत रहेका ज्ञवालीले लोकतन्त्रले दिएको सुविधा उपभोग गर्ने समूहलाई त्यही रूपमा बुझ्न आग्रह गरे ।

“हाम्रोमा प्रजातन्त्र आएको केही वर्षमै सशस्त्र विद्रोहको सामना गर्नुपर्‍यो । प्रजातन्त्रका ३० मध्ये २० वर्ष ‘कन्फ्लिक्ट’मा र ‘पोस्ट कन्फ्लिक्ट’मा गएको छ,” ज्ञवालीले भने, “नेपालमा लोकतन्त्रको विकल्पको खोजी भएको छैन। केही असन्तुष्टि आएका छन् । आवाज उठाउने अधिकार यही लोकतन्त्रले प्रदान गरेको हो ।”
 
उनले भारतका कतिपय मिडियामा गलत सूचना सम्प्रेषण भएको भन्दै त्यस्ता सूचनाबाट बचाउन उनले भारतीय नेताहरूलाई आग्रह गरे । “भारतीय मित्रहरूलाई म अनुरोध गर्छु, भ्रममा नपर्नुहोला,” ज्ञवालीले भने, “कहिलेकाहीँ गलत सूचना प्रवाह भएका हुन सक्छन् । नेपाल लोकतन्त्रबाट कुनै पुस्ताको राष्ट्रप्रमुख हुने व्यवस्थामा फर्कन तयार छैन ।”

उनले नेपालको स्वतन्त्रतामा भारतीय नेताले दिएको नैतिक समर्थन र ऊर्जा सकारात्मक रहेको भन्दै भारतीय स्वतन्त्रता संग्राममा बीपी कोइरालासहितको योगदान त्योभन्दा धेरै भएको बताए ।

“भारतको स्वतन्त्रतामा हाम्रा बीपी कोइरालासहितका नेताहरूको योगदान अझ बढी छ । त्यसकारण पनि हामीबीचको सम्बन्ध खास छ,” ज्ञवालीले भने, “चन्द्रशेखर आजाद आफैँले स्वतन्त्रताको लडाइँमा यातना खेपेर पनि होला हामीलाई प्रजातन्त्रको ऊर्जा भरिदिनुभएको थियो ।

उनको योगदान नेपाली जनताले सधैँभरि स्मरण गरिरहने उनले बताए । 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १५:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro