site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘द महावीर’ निर्माणको घोषणा, थिम पोस्टरमा युद्धको संकेत 

काठमाडौं । चलचित्र ‘द महावीर’ निर्माणको घोषणा गरिएको छ । थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्र निर्माणको घोषणा गरेको हो ।

चलचित्रको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन । थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमीमा कथा रहेको अनुमान लगाउन सकिन्छ ।

जिबी आग्रीले निर्देशन गर्ने चलचित्रको थिम पोस्टरमा दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमानेसमाने छन् । बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा छ । यसले युद्धको संकेत गर्छ ।   

चलचित्रको स्लोगन ‘राइज फाइट कन्क्वेर’  छ । उठ, लड र जित भन्ने स्लोगनले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको निर्माणपक्षले प्रेस नोटमा उल्लेख गरेको छ ।

चलचित्रको कथा कृष्ण बिके र जिबी आग्रीले लेखेका छन् ।

लक्षरा फिल्सको प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण बिके, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा रहनेछन् । सह–निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहनेछन् ।

कार्यकारी निर्मातामा वरिष्ठ संगीतकार सुरेश अधिकारी छन् । डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन् ।

हिन्दी र नेपाली भाषामा निर्माण हुने चलचित्रमा डल्बी एटमसको साउन्ड रहने निर्माणपक्षले जनाएको छ ।

चलचित्रमा  को–को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले जानकारी दिएको छैन । रिलिज डेट पनि घोषणा गरेको छैन ।

निर्देशक जिबी आग्रीले भने, “हामी केही समयपछि कलाकार र रिजिल डेट बारे जानकारी दिनेछौँ,” “हाम्रो चलचित्रको लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०८:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro