राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीनकुनेमा भएको हिंसात्मक घटनाका दोषीलाई छाड्न नहुने बताएका छन् । आइतबार तीनकुने घटनामा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारसँग भेट गर्दै सभापति देउवाले दोषी कसैलाई पनि छाड्न नहुने बताए ।
सभापति देउवाले तीनकुने घटनाको छानबिन गर्नुपर्ने पार्टीको निर्णय नै रहेको सुनाए । उनले राजावादीको आन्दोलनमा पार्टी कार्यालयदेखि सरकारी संरचनासहित धेरै निजी संरचना ध्वस्त पारिएको बताए ।
रजकको परिवारले घटनाको छानबिन नै नभएकाले दोषी उम्कन सक्ने आशंका व्यक्त गरेको थिए । रजकको परिवारले सबै मिलेर पीडितलाई न्याय दिने अवस्था बनाउन आग्रह गरेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१ १८:०८
प्रतिक्रिया दिनुहोस्