site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
तीनकुने घटनामा न्यायिक छानबिन समिति गठन माग

काठमाडौं । जवाफदेहिता निगरानी समितिले तीनकुने घटनामा न्यायिक छानबिन समिति गठन गर्न माग गरेको छ । समितिले भविष्यमा  हिंसात्मक घटना पुनः नदोहोरिने निश्चित गर्न आह्वान गरेको छ ।

यही चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रहरीले सार्वजनिक गरेको विवरण र गोप्य प्रतिवेदनको हवाला दिँदै मिडियाबाट सार्वजनिक अत्यधिक बल प्रयोगबारेको समाचारले गम्भीर एवं चिन्तित बनाएको समितिले जनाएको छ । घटनाको वास्तविकता सार्वजनिक गर्न समितिले माग गरेको छ ।

“प्रहरीले सार्वजनिक गरेको विवरणमा चैत १५ गते ५८ राउन्ड गोली चलाइएको, २० जना गोली लागी घाइते भएका, गोली लागेर सविन महर्जनको मृत्यु भएको, घाइतेमध्ये १३ जना उपचाररत रहेको, प्रहरीद्वारा ७४६ सेल अश्रुग्यास प्रहार गरिएको, १९८ राउन्ड ब्ल्यांक राउन्ड (आवाज मात्रै निकाल्ने) चलाइएको भनिएको छ,” समितिले भनेको छ, “तर, प्रहरीकै गोप्य प्रतिवेदनलाई उद्धृत गर्दै प्रकाशित समाचारमा प्रहरीले ११० लाइभ राउन्ड गोली प्रहार गरेको, गोली प्रहार गर्न अर्धस्वचालित हतियार (एसएलआर) समेत प्रयोग गरिएको, रबर बुलेट २०१ राउन्ड प्रहार गरिएको, नेपाल प्रहरीले ८६४ राउन्ड र सशस्त्र प्रहरीले १०४ राउन्ड अश्रुग्यास प्रहार गरेको लगायत उल्लेख गरिएको छ ।”

घटनाबारे उजागर हुँदै गएका तथ्य हेर्दा प्रहरीबाट गरिएको बल प्रयोग आवश्यक र समानुपातिक थियो भनेर विश्वास गर्न र गृह प्रशासनलाई शंकाको सुविधा दिन सकिने अवस्था नदेखिने समितिको विज्ञप्तिमा उल्लेख छ ।

समितिले घटनामा गरिएको बल प्रयोग, त्यसको दुष्परिणाम, पत्रकार सुरेश रजकको रहस्यमय मृत्यु र प्रदर्शनकारीबाट गरिएको हिंसात्मक कार्यको निष्पक्ष तथा स्वतन्त्र न्यायिक छानबिन अत्यावश्यक देखिएको जनाएको छ । समितिले नागरिकको सुरक्षाको आशा र भरोसाको केन्द्रमा रहेको प्रहरी संगठन र गृह प्रशासनको विश्वसनीयता क्षयीकरण रोक्न पनि स्वतन्त्र छानबिन आवश्यक रहेकामा जोड दिएको छ ।

“अत्यधिक बल प्रयोगका जिम्मेवारलाई जवाफदेही बनाउन एवं बल प्रयोगसम्बन्धी कानुन तथा अभ्यासमा सुधार ल्याउन विगतदेखि नै पटक–पटक सिफारिसहरू हुँदै आएको भए पनि त्यस्ता सिफारिसहरूको कार्यान्वयन गरी जवाफदेहिता सुनिश्चित गर्न सकिएको देखिँदैन,” विज्ञप्तिमा भनिएको छ, “चेन अफ कमान्डमा कानुनसंगत आदेशको आधारमा चल्नुपर्ने संगठन भए पनि दण्डहीनताको निरन्तरताका कारण अत्यधिक बल प्रयोगको प्रवृत्ति तोडिन सकेको देखिँदैन ।”

चैत १५ गते तीनकुनेमा राजावादीले आयोजना गरेको प्रदर्शन हिंसामा परिणत भएको थियो । त्यसक्रममा दुईजनाको मृत्यु भयो । घटना रोक्न प्रहरीले गोली, अश्रुग्यास प्रहार गरेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १३:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro