site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी गल्फ
Global Ime bankGlobal Ime bank
बिचौलियाले गभर्नर बनाउँछन् कि भन्ने चिन्ता छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले अहिले सर्वसाधारणमा बिचौलियाले गभर्नर बनाउँछन् कि भन्ने चिन्ता रहेको बताएका छन् ।

शनिबार बाह्रखरी मिडियाले आयोजना गरेको 'आर्थिक परिसंवाद'मा थापाले अहिले राजनीतिक दलभन्दा पनि निश्चित बिचौलियाले गभर्नर बनाउलान् कि भन्ने चिन्ता रहेको बताएका हुन् ।

"अहिले गभर्नर नियुक्तिको चर्चा चलेको छ । भोलि पर्सि नै नियुक्त पनि होला । तर, राजनितीक दलका नेताले भन्दा बिचौलियाले प्रभाव पार्लान् कि भन्ने चिन्ता छ," उनले भने, "पहिलेपहिले फलानो पार्टीले राम्रो क्याडेड ल्यायो भन्ने हुन्थ्यो, अहिले निश्चित घराना र प्रभावमा हुने चिन्ता छ । हामी ट्रान्सपरेन्ट नहुनुको नतिजा हो ।"

जे जति निर्णय गरे पनि खुलारूपमा गरे यस्ता चिन्ता नहुने उनको भनाइ छ  ।

प्रकाशित मिति: शनिबार, चैत २३, २०८१  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro