बाह्रखरी गल्फ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्ड भ्रमणले सहकार्यको नयाँ ढोका खुलेको बताएका छन् । शनिबार (चैत २३) काठमाडौंमा ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा उनले बिम्स्टेक शिखर सम्मेलन र थाइल्यान्डको औपचारिक भ्रमणका क्रममा आर्थिक क्षेत्रका ६ विषयमा समझदारी भएको जानकारी दिए ।
“बिजनेस कम्युनिटी पनि गएको थियो । आठवटा एमओयूमध्ये ६ वटा आर्थिक सेक्टर सम्बन्धित भएको छ,” उनले भने, “सहकार्यका लागि एउटा नयाँ ढोका खुलेको छ । लगानीका सम्भावना खुलेका छन् ।”
प्रधानमन्त्री ओली थाइल्यान्डबाट शनिबारै स्वदेश फर्किएका हुन् ।
प्रकाशित मिति: शनिबार, चैत २३, २०८१ १६:३५
प्रतिक्रिया दिनुहोस्