site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मन्दिरमा मलमूत्र फ्याँकेको आरोपमा एक महिला पक्राउ

काठमाडौं । मन्दिरमा मलमूत्र फ्याँकेर दूषित पारेको आरोपमा काठमाडौंको नागार्जुन नगरपालिकाबाट एक महिला पक्राउ परेकी छिन् । 

प्रहरी वृत्त स्वायम्भूको टोलीले काठमाडौंको धोबीचौर घर भई हाल सुकेधारा बस्ने  ६१ वर्षीया मिठु तिवारी गर्तौलालाई बिहीबार पक्राउ गरेको हो । 

नागार्जुन नगरपालिका–५ मा रहेको आदेश्‍वरलगायत मन्दिरमा गत मंसिर १४ गतेयता पटक–पटक मलमूत्र फ्याँक्दै आएको उजुरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो । 

नागार्जुनको चुण्डेश्‍वर मन्दिर, सितापाइलाको गणेश मन्दिर र हरिसिद्धि मन्दिरमा पनि मलमूत्र छर्की दूषित कार्य गरेको सीसीटीभी फुटेज समेतका आधारमा निज महिलालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

बिहीबार (हिजो) दिउँसो १२ बजे नागार्जुनकै आदेश्‍वर मन्दिरबाट पक्राउ परेकी ती महिलाको साथबाट प्रहरीले पिसाबजस्तो देखिने तरल पदार्थ रहेको पाँचवटा बोतल पनि बरामद गरेको छ । 

प्रहरीले उनलाई ‘धर्मसम्बन्धी कसुर’मा मुद्दा चलाएको छ । काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर उनीमाथि थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १९:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro