site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
माग पूरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरूको चेतावनी

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै शिक्षकहरूले शुक्रबार पनि काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् ।

सबैखाले शिक्षक र विद्यालय कर्मचारीका मुख्य मुद्दा समेटेर विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राख्दै नेपाल शिक्षक महासंघले काठमाडौंको माइतीघर–बबरमहल क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

बुधबारबाट अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन सुरु गरेको महासंघले आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएको छ ।

सदनको हिँउदे अधिवेशनबाट पनि विद्यालय शिक्षा विधेयक अघि बढ्न नसकेपछि महासंघले अनिश्चितकालीन काठमाडौंकेन्द्रित सडक आन्दोलन सुरु गरेको हो ।

यसअघि भएको सहमतिका आधारमा विद्यालय शिक्षा विधेयक पारित गर्नुपर्ने महासंघको माग छ । महासंघले आफ्ना माग पूरा नभएसम्म शिक्षकहरू विद्यालय नफर्कने चेतावनी दिएको छ । 

प्रकाशित मिति: शुक्रबार, चैत २२, २०८१  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro