अर्थ व्यवसाय

काठमाडौं । नेपाली बजारमा मंगलबार (चैत १९) सुनको मूल्य बढेर कारोबार भएको छ । सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
योसँगै लगातार उकालो लागेको छापावाल सुनको मूल्य तोलाको एक लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च हो ।
सोमबार (चैत १८) छापावाल सुन प्रतितोला एक लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । आजअघि त्यो उच्च मूल्य थियो ।
चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला दुई हजार ३५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । सोमबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१ ११:१४
प्रतिक्रिया दिनुहोस्