site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
तीनकुनेको घटना आपराधिक : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले चैत १५ गतेको काठमाडौंको तीनकुनेको घटना आपराधिक भएको बताएका छन् । 

सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले लोकतन्त्रमा सबैले आ–आफ्नो विचार राख्न र बोल्न पाउने भए तापनि त्यस दिनको उग्र गतिविधि अपराध गर्ने मानसिकताबाट ग्रसित भएको बताए । 

राजतन्त्र फर्काउने नाममा भएको हत्या, आगजनी र तोडफोडले लोकन्तान्त्रिक पद्धतिको खिल्ली उडाएको र त्यस दिनको सम्पूर्ण गतिविधि हिंसात्मक र आपराधिक रहेकाले दोषीहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । 

सरकार संसद् र सिंहदरबारमा मजबुत रहे तापनि जनता माझ कमजोर रहेको यादवको भनाइ छ । यादवले बिचौलिया, भ्रष्ट र कमिसनखोरको बिगबिगीकै कारण नेपाल सरकारप्रति जनता रुष्ट रहेको आरोप लगाए । 

राजनीतिक दलहरूले बेलैमै सुधारतर्फ ध्यान दिन नसके देशको अवस्था झनै दयनीय बन्ने यादवले बताए । 

प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १५:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro