site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गणतन्त्र कसैले ‘बक्सिस’ दिएको होइन : केसी
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले लोकतन्त्र र गणतन्त्र पक्षधरबीच मतभेद बढेका कारण प्रतिगामी तत्त्व सक्रिय हुन थालेको बताएका छन् । सोमबार (चैत १८) प्रतिनिधिसभा बैठकमा उनले व्यवस्थाको रक्षाका निम्ति यसका पक्षधर नेता सच्चिनुपर्नेमा जोड दिए ।

गणतन्त्र कसैले ‘बक्सिस’ नदिएको उनले बताए । “हाम्राबीचमा मतभेद छन्,” उनले भने, “तर, लोकतन्त्र र गणतन्त्र कसैले बक्सिस दिएको होइन ।”

उनले गणतन्त्रवादी दलले देश र जनताका अगाडि निर्भीक भएर आफ्ना कमजोरी स्वीकार्दै आत्मालोचना गर्नुपर्ने उल्लेख गरे । “लोकतन्त्र र गणतन्त्र पक्षधरहरूको बीचमा प्रशस्तै मतभेद छन्,” उनले भने, “मतभेदका बाबजुद पनि लोकतन्त्र, गणतन्त्र बचाउने पक्षमा यसको नेतृत्व गरेका साथीहरू सच्चिनु, आत्मालोचना गर्नु, ती कमजोरी भएका कुराहरूलाई देश र जनताको अगाडि निर्भीक भएर आत्मालोचना हुनुपर्दछ ।”

उनले अगाडि भने, “होइन भने हामीले वर्षौं लडेर ल्याएको गणतन्त्र प्रतिगामीहरूले उल्ट्याउँछन् नि !”

उनले तीनकुनेको हिंसात्मक घटनाबाट पाठ सिकेर गणतन्त्रवादी दल अगाडि बढ्नुपर्ने बताए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १५:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro