site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जसपाको आरोप– राप्रपा नै राजतन्त्र चाहँदैन, राजनीतिक लाभका लागि उपयोग गर्दै छ

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजतन्त्र फर्काउन नचाहेको बताएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा जसपाकी सांसद रञ्जु झाले जनमतले नपत्याएपछि जनतामा भ्रम छर्न राप्रपा तीनकुनेको अराजनीतिक र अराजक तोडफोडको जिम्मा लिन लागिरहेको आरोप लगाइन् ।

“चैत १५ गतेको तीनकुने घटना राजनीतिक होइन, अपराधिक र अराजक हो । करोडौँको धनजनको क्षतिप्रति हाम्रो आपत्ति छ । न्यायिक छानबिन समिति गठन होस् र दोषीमाथि कारबाही होस्,” झाले भनिन्, “माननीय विश्वप्रकाश र योगेश भट्टराईका भनाइप्रति मेरो सहमति छ । यो गणतन्त्र त्यसै आएको होइन, ०४२ सालयताका आन्दोलनमा संलग्न छु । धेरै आरोह अवरोह पार गरेर गणतन्त्रसम्म आइपुगेका हौँ ।”

उनले राजतन्त्र फर्काउने रहर कसैलाई भए संविधानबाटै समाधान खोज्न आग्रह गरिन् । “उहाँहरू (राप्रपा) तीनपटक निर्वाचनमा भाग लिइसक्नुभएको छ । उहाँहरू राजालाई राजनीतिक लाभको विषय बनाउँदै हुनुहुन्छ । उहाँहरू नै राजतन्त्र चाहनुहुन्न,” झाले भनिन्, “यदि चाहनुहुन्छ भने जनतासँग मत माग्ने हो, संविधान संशोधन गर्ने हो । व्यक्तिको निजी सम्पत्तिमा लुटपाट, तोडफोड वा आगजनी गर्ने होइन ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १४:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro