site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइयो पूर्वराजालाई जरिवानापत्र
मेयर बालेन र पूर्वराजा ज्ञानेन्द्र शाह । फाइल तस्बिर ।

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई काठमाडौं महानगरपालिकाले गरेको जरिवानासम्बन्धी पत्र निर्मलनिवासले बुझ्न नमानेपछि हुलाकबाट पठाइएको छ ।

महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले हुलाकबाट जरिवानापत्र पठाइएको बताए । “आज नगरप्रहरी टोली जरिवानापत्र लिएर निर्मलनिवास पुगेको थियो । तर, जरिवानापत्र बुझ्न मानेन । भर्खरै हुलाकमार्फत पत्र पठाइसकेका छौँ,” उनले बाह्रखरीसित भने ।

आइतबार (चैत १७) बिहान महानगरको नगरप्रहरी टोली उक्त पत्र लिएर निर्मलनिवास गेटमा पुगेको थियो । महानगरले विभिन्न नौ शीर्षकमा आठ पत्र काट्दै पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनक्रममा महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगरप्रहरी घाइते भएका थिए ।

प्रदर्शनक्रममा दुईजनाको मृत्यु भयो । तीनकुने क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  ११:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro