site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
जरिवानापत्र लिएर निर्मलनिवास जाँदै महानगरको टोली
मेयर बालेन र पूर्वराजा ज्ञानेन्द्र शाह । फाइल तस्बिर ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र आइतबार (चैत १७) निर्मलनिवासमा बुझाइने भएको छ ।

निर्मलनिवासमै पुगेर जरिवानापत्र बुझाउने तयारी रहेको महानगरका नगरप्रहरी उपरीक्षक दिनेश अर्यालले बताए । “हिजो महानगरले काटेको जरिवानापत्र लिएर निर्मलनिवास जाँदै छौँ । कति बेला जाने भनेर एकैछिनमा थाहा हुन्छ,” अर्यालले बाह्रखरीसित भने ।

महानगरले विभिन्न शीर्षकमा आठ पत्रमार्फत पूर्वराजा शाहलाई सात लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ ।

शुक्रबार (चैत १५) राजावादीको प्रदर्शनक्रममा कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी क्षेत्र, सिनामंगल सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको भन्दै एक/एक लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

यस्तै, महानगरको दमकल फुटाएकामा एक लाख ३० हजार, तीनकुने क्षेत्रको रुखबिरुवा र रेलिङ तोडफोड गरेकामा ४० हजार, तीनकुनेकै आइल्यान्ड तोडफोड गरेकामा २३ हजार रुपैयाँ जरिवाना तोकिएको छ ।

शुक्रबार तीनकुनेमा राजावादीको प्रदर्शनक्रममा महानगरको दमकल तोडफोड गरिँदा आगो निभाउन गएका पाँच नगरप्रहरी घाइते भएका थिए ।

प्रदर्शनक्रममा दुईजनाको मृत्यु भयो । तीनकुने क्षेत्रका अधिकांश भौतिक संरचनामा क्षति पुगेको थियो ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत १७, २०८१  १०:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro