site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वराजाको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पूरै ‘सेट’ परिवर्तन
ज्ञानेन्द्र शाह । फाइल तस्बिर ।

काठमाडौं । सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोली परिवर्तन गरेको छ । सशस्त्र प्रहरी बलका डीएसपी जगदीश हमाल नेतृत्वको टोली हटाइएको स्रोतले जानकारी दिएको छ ।

सशस्त्र प्रहरी स्रोतका अनुसार, त्यहाँ अर्थात् पूर्वराजाको सुरक्षामा अर्का डीएसपी प्रमोदप्रकाश पाठकको नयाँ टोली परिचालन गरिएको छ ।

पूर्वविशिष्टलाई मापदण्डानुसार दिइने १६ जनाको टोली योपल्ट पठाइएको छ । पूर्वराजाको सुरक्षामा यसअघिको सशस्त्रको टोली १६ जनाभन्दा बढीको थियो ।

शुक्रबार (चैत १५) काठमाडौंको तीनकुनेमा राजावादीको प्रदर्शन हिंस्रक भएपछि कतिपयले शाहलाई कारबाही गर्न माग गरेका छन् ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २१:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro