site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रहरी कार्यालयअगाडि महिलाको शव फेला

काठमाडौं । पर्साको वीरगन्ज महानगरपालिका–१६, नगवास्थित इलाका प्रहरी कार्यालयअगाडि एक महिलाको शव फेला परेको छ । शनिबार (चैत १६) बिहान फेला परेको शव वीरगन्ज–४ स्थित नर्सिङ क्याम्पस क्षेत्रमा बस्ने अनसुइया अग्रवालको भएको जिल्ला प्रहरी कार्यालय पर्साले पुष्टि गरेको छ ।

अग्रवालको मृत्युको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । प्रारम्भिक अनुसन्धानका क्रममा उनको टाउकोछेउमा घाउ देखिएको र घटनास्थलको अवलोकनबाट कुनै जंगली जनावरको आक्रमण वा लडेर घाइते भएको हुन सक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका निम्ति वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का उठाएर थप अनुसन्धान थालिएको जनाएको छ ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार, शनिबार बिहान शव देखिएपछि इलाकामा त्रास फैलिएको थियो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डीएसपी किशोर लम्सालले भने, “शवको अवस्था हेर्दा विभिन्न सम्भावना देखिन्छ । तर, शव परीक्षणको रिपोर्ट आएपछि मात्र यथार्थ कारण खुल्नेछ ।”

प्रहरीले घटनाको अनुसन्धानलाई तीव्रता दिइएको र आसपास क्षेत्रमा सोधपुछ तथा प्रमाण संकलन गरिरहेको जनाएको छ । न्युज एजेन्सी नेपाल
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  २०:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro